काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।
सम्झौताअनुसार कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ तथा क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण तथा प्रयोगशाला सेवामा विशेष छुट प्राप्त गर्नेछन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र किफायती रूपमा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै, डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकलाई थप मूल्य अभिवृद्धि गर्ने उद्देश्यले यस्तो सहकार्य गरिएको बैंकले जनाएको छ।
कुमारी बैंकले समयानुकूल बैंकिङ सेवा विस्तारसँगै विभिन्न क्षेत्रका संस्थासँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ।


