अ+
अ
अ-
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य तोलामा रु १ हजार ४ सयले घटेर रु २ लाख ८२ हजार ४ सय कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा रु ४ हजार ७ सयले बढेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले घटेर रु ४ हजार ३ सय १० कायम भएको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलामा रु १ सय ४५ ले बढेर रु ४ हजार ३ सय २५ पुगेको थियो।
लगातारको वृद्धिपछि आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको हो।


