कांग्रेसका ५ लाख ३८ हजारभन्दा बढी सदस्यले पाए डिजिटल परिचयपत्र, सदस्यता अद्यावधिकको म्याद थप

अ+
अ
अ-

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत योग्य सदस्यहरूमध्ये ५ लाख ३८ हजार ६२२ जनाले हालसम्म वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेको जनाएको छ।

पार्टीका अनुसार कुल ७ लाख ८२ हजार २०९ योग्य क्रियाशील सदस्यमध्ये एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फाराम पेस गरिसकेका छन्। ती सदस्यहरूको विवरण वडा सभापतिमार्फत अद्यावधिक गर्ने प्रक्रिया जारी रहेको जनाइएको छ।

कांग्रेसले बुधबार जारी गरेको विज्ञप्तिमा क्रियाशील सदस्यता अद्यावधिकका लागि जेठ २८ गते राति १२ बजेसम्म समयसीमा तोकिएको भए पनि अर्को सूचना जारी नभएसम्म सदस्यता वितरण तथा अद्यावधिकको म्याद थप गरिएको उल्लेख गरेको छ।

पार्टीले बाँकी सदस्यलाई पनि समयमै अद्यावधिक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।