एमाले सचिवालय बैठक सुरु, विष्णु पौडेलको पक्राउबारे छलफल

अ+
अ
अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक भक्तपुरस्थित गुन्डुमा सुरु भएको छ।

केही बेरअघि सुरु भएको बैठकमा पार्टी उपाध्यक्ष विष्णु पौडेलको पक्राउसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको एमाले स्रोतले जनाएको छ।

यसअघि आज दिउँसो एमाले संसदीय दलको बैठक पनि बसेको थियो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको धारणा तय गर्ने विषयमा छलफल भएको बताइएको छ।

उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सोमबार पक्राउ गरेको थियो। हाल उनीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको छ। एमालेले पक्राउप्रति आपत्ति जनाउँदै यस विषयलाई प्रमुख राजनीतिक एजेन्डाका रूपमा उठाइरहेको छ।