अ+
अ
अ-
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको बन्दसत्रमा सहभागी भएका छन्।
बालेन केहीबेरअघि बन्दसत्रस्थल पुगेका हुन्। उनी आफैँले निजी गाडी चलाएर कार्यक्रमस्थल पुगेको जनाइएको छ।
रास्वपाको महाधिवेशनअन्तर्गत सञ्चालन भइरहेको बन्दसत्रको उद्घाटन भने बालेनको अनुपस्थितिमै गरिएको थियो। उद्घाटन समारोहमा उनी सहभागी नभए पनि पछि बन्दसत्रमा उपस्थित भएका हुन्।
चितवनमा जारी महाधिवेशनमा पार्टीको भावी नेतृत्व चयन तथा संगठनात्मक विषयमा छलफल भइरहेको छ।


