रविले सभापतिमा दिए उम्मेदवारी, प्रस्तावकमा बालेन

अ+
अ
अ-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुनः सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनको उम्मेदवारीमा वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रस्तावकका रूपमा रहेका छन्।

चितवनमा जारी पार्टीको महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मनोनयन फाराम वितरण कार्य पनि सुरु भएको छ।

रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता पदका लागि केन्द्रीय सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था छैन। तर अन्य ९९ जना पदाधिकारी तथा सदस्य भने केन्द्रीय सदस्यका रूपमा निर्वाचित हुनुपर्नेछ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार पहिलो चरणको मतदान बुधबार बिहानदेखि सुरु हुनेछ। यस चरणमा सभापति तथा केन्द्रीय सदस्य पदका लागि मतदान गरिनेछ।

मतदानको समय भने अझै सार्वजनिक गरिएको छैन। मतदान सम्पन्न भएको करिब दुई घण्टापछि मतगणना सुरु गरी नतिजा घोषणा गरिने आयोगले जनाएको छ।