काभ्रेपलाञ्चोक, जेठ २०८३
श्रृंखण्डपुर चाडपर्व सेवा समितिको १३औँ साधारण सभा सम्पन्न भएको छ। २०६७ सालमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा विधिवत् दर्ता भएको उक्त संस्थाले नियमित साधारण सभा आयोजना गरेको हो।
समितिका अध्यक्ष हरिगोपाल प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न सभामा धुलिखेल नगरपालिका५ का वडाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
सभाले आगामी कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। समितिको उपाध्यक्षमा सुन्दरलाल रञ्जितकार, सचिवमा सुनिता सुवाल तथा कोषाध्यक्षमा राजु श्रेष्ठ चयन हुनुभएको छ।
कार्यक्रममा कोषाध्यक्ष श्रेष्ठले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी वर्षका लागि ११ लाख ६१ हजार रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्नुभयो।
प्रमुख अतिथि एवं वडाध्यक्ष प्रमोद सुन्दर श्रेष्ठले चाडपर्व व्यवस्थापन तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउन आवश्यक आर्थिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय संस्कृति, परम्परा तथा चाडपर्व संरक्षणमा सक्रिय भूमिका खेल्दै आएको समितिले आगामी दिनमा पनि समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।


