काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलाञ्चोकले आफ्नो पहिलो जिल्ला अधिवेशन आगामी जेठ २३ गते धुलिखेलस्थित प्रेम ब्याङ्क्वेटमा आयोजना गर्ने भएको छ। अधिवेशन बिहान ८ बजेदेखि सुरु हुने कार्यक्रम तय गरिएको छ।
अधिवेशनमा पार्टीका केन्द्रीय नेताहरू तथा प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ। अधिवेशन प्रतिनिधिसभा सदस्य बदन कुमार भण्डारीको संयोजनमा आयोजना हुने उक्त कार्यक्रममा पार्टी सचिवालय सदस्य तथा सांसद गणेश पराजुलीकाे पनि उपस्थिति रहेको छ।
रास्वपाले देशभर जिल्ला अधिवेशन सञ्चालन गर्ने निर्णय गरेसँगै काभ्रेपलाञ्चोकमा पनि पहिलोपटक जिल्ला अधिवेशन आयोजना गर्न लागेको हो। पार्टीले वडा, पालिका र जिल्ला तहका संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित अधिवेशनहरू सञ्चालन गरिरहेको जनाएको छ।
अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन गर्नुका साथै आगामी संगठनात्मक कार्ययोजना र राजनीतिक रणनीतिबारे पनि छलफल हुने अपेक्षा गरिएको छ।


