फागुन २५ साेमबार,२०८२
काठमाडौं । नेकपा (माक्र्सवादी) का नेता तथा गत प्रतिनिधी सभा सदस्य निर्वाचन काठमाडौं क्षेत्र नम्बर ५का प्रतिष्पर्धी उम्मेदवार युवराज काफ्लेले निर्वाचनपछि मतदाता तथा समर्थकप्रति आभार व्यक्त गर्नु भएको छ। उहाँले आफू कुनै पनि राजनीतिक शक्तिको भोटर वा समर्थक नभई प्रतिस्पर्धीका रूपमा देशको गरिखाने वर्गको पक्षमा उभिएको बताउनु भएको हो ।
उहाँले जनताद्वारा स्थापित शक्तिलाई सम्मान गर्ने तर अवसरवादी रूपमा हिजो विरोध गर्ने र आज आफूले नै जिताएको जस्तो देखाउने प्रवृत्तिप्रति सतर्क रहनुपर्ने उल्लेख गर्नु भएको छ।
उहाँले भ्रष्टाचारको मूल स्रोत मानिएको ब्युरोक्रेसीभित्र आमूल परिवर्तन गर्नुपर्ने, सेतो हात्तीको रूपमा रहेको प्रदेश संरचना खारेज गर्नुपर्ने, निजी सम्पत्तिको दायरा कायम राख्नुपर्ने तथा स्वास्थ्य, शिक्षा र रोजगारीलाई राज्यको नि:सर्त कर्तव्य बनाउनुपर्ने धारणा व्यक्त गर्नु भएको छ।
यस्ता एजेन्डालाई अघि बढाउँदै वरिष्ठ नेता बालेन्द्र साह को नेतृत्वमा बन्ने सरकार देशको हितमा अघि बढोस् भन्ने शुभकामना काफ्लेले दिनु भएको छ।
यसैबीच उहाँले आफूलाई शुभेच्छा प्रकट गर्ने, अमूल्य सहयोग गर्ने तथा मतदान गर्ने काठमाडौं–५ का मतदाता र सबै आदरणीय व्यक्तित्वप्रति आभार व्यक्त गर्नु भएको हो । आगामी दिनमा कुनै न कुनै रूपमा क्षेत्र र देशको सेवा गर्ने अवसर प्राप्त हुने विश्वास उहाँको रहेको छ।


