सभापति लामिछानेको उपस्थितिमा  बनेपा र पनौतीमा राष्ट्रिय स्वतन्त्र पार्टीले  चुनावी सभा गर्ने

+
-

काभ्रेपलाञ्चोक, फागुन १४
राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार काभ्रेपलाञ्चोकमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा र्यालि गर्ने भएको छ। रास्वपा काभ्रेले बनेपाकाे तीन दाेवाटाेबाट र्यालि सुरु गरि पनौतीमा चुनावी सभा आयोजना गर्ने भएको छ।

पार्टीका नेताहरूको उपस्थितिमा हुने सभामा प्रतिनिधि सभा सदस्य उम्मेदवार बदन भण्डारीले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो एजेण्डा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमअनुसार बनेपा तीनदोबाटोमा बिहान ९:०० बजे र पनौती डबली (आनसमा) मा बिहान ९:३० बजे सभा हुने जनाइएको छ।

पार्टीले सभामा व्यापक जनसहभागिता रहने अपेक्षा गर्दै काभ्रे क्षेत्र नं. २ का मतदातालाई उपस्थितिका लागि आह्वान गरेको छ। चुनाव नजिकिँदै जाँदा काभ्रेमा विभिन्न दलहरूले आफ्नो प्रचार अभियान तीव्र बनाएका छन्।