माघ २८ बुधबार ,२०८२
काभ्रेपलाञ्चोक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) काभ्रेले आयोजना गरेको जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिता बनेपा स्थित पञ्चकन्या बैंक्वेटमा सम्पन्न भएको छ। प्रतियोगितामा जिल्लाका २३ वटा विद्यालयको सहभागिता रहेको थियो।
प्रतियोगितामा बेलर स्कुल प्रथम स्थान हासिल गर्न सफल भएको छ भने प्रगति प्रभात माध्यमिक विद्यालय द्वितीय र बनेपाको लिन इन्टरनेशनल बोर्डिङ स्कुल तृतीय भएको छ। त्यसैगरी पनौतीको सिद्धार्थ स्कुलले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता विद्यालय फागुन २ गते धादिङमा आयोजना हुने प्याब्सन बागमती प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागी हुनेछन्।
कार्यक्रम प्याब्सन काभ्रेका सचिव विमल न्यौपानेको सञ्चालन, अध्यक्ष श्याम बहादुर भुजेलको सभापतित्व तथा प्याब्सन केन्द्रका सचिवालय सदस्य हिरा शर्मा नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
#प्याब्सन_काभ्रे
#जिल्ला_स्तरीय_लोकनृत्य
#लोकनृत्य_प्रतियोगिता
#बनेपा
#काभ्रे
#PABSON
#PABSONKavre
#SchoolCompetition
#LokNritya
#BagmatiProvince
#धादिङ
#शिक्षा
#विद्यालय_गतिविधि
#सांस्कृतिक_कार्यक्रम
#विद्यार्थी_प्रतिभा
#NepalEducation


