नेपाली कम्युनिस्ट पार्टी काभ्रे-२ काे निर्वाचन परिचालन कमिटीकाे संयाेजकमा टाेक बहादुर वाइवा

+
-

माघ १४ बुधबार ,२०८२
काभ्रेपलान्चोक। नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभा  निर्वाचन अन्तर्गत काभ्रेपलाञ्चोकनेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि निर्वाचन क्षेत्र नं. २ मा सशक्त र संगठित निर्वाचन अभियान सञ्चालन गर्ने उद्देश्यसहित निर्वाचन परिचालन मूल कमिटी तथा सचिवालय गठन गरेको छ।

जिल्ला समिति काभ्रेपलाञ्चोकको निर्णयअनुसार गठन गरिएको निर्वाचन परिचालन मूल कमिटीको संयोजकमा  टोक बहादुर वाईवालाई चयन गरेको छ। कमिटीको सह–संयोजकमा कृष्ण कुमार भण्डारी र सचिवमा गोकुल गौतम रहनु भएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा पार्टीका पदाधिकारीहरु पदेन सदस्य रहने व्यवस्था गरिएको छ।

निर्वाचन परिचालन मूल कमिटीमा प्रतिनिधि सभा क्षेत्र नं. २ का सम्पूर्ण केन्द्रीय सदस्यहरू, विभिन्न केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, पालिका कमिटीका अध्यक्ष तथा इन्चार्जहरू, साथै प्रदेश निर्वाचन समन्वय कमिटीका अध्यक्ष र सचिव सदस्यका रूपमा सहभागी रहनेछन्।

निर्वाचन सचिवालय समिति
निर्वाचन अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन सचिवालय समिति समेत गठन गरिएको छ। सचिवालयमा निर्वाचन परिचालन मूल कमिटीका  ४०१ सदस्यीय बनाइएको छ। परिचालन कमिटीको संयोजक, सह–संयोजक, सचिव, उम्मेदवार, केन्द्रीय सदस्यहरू तथा प्रदेश निर्वाचन समन्वय कमिटीका संयोजक र सचिव सदस्य रहने व्यवस्था गरिएको छ।

सचिवालय समिति सदस्यहरू
टोक बहादुर वाईवा -मण्डनदेउपुर
तेज बहादुर मिजार -पाँचखाल
लक्ष्मण लम्साल -मण्डनदेउपुर
रुकु चौलागाई -पाँचखाल
मिना तामाङ -पाँचखाल
बसुन्धरा हुमागाई -पनौती
भोला प्रसाद अर्याल -बनेपा
कृष्ण भण्डारी -पाँचखाल
राजिव लामा -बनेपा
छिरिङ तामाङ -पाँचखाल
कृष्ण अधिकारी -धुलिखेल
सगर प्रजापति -बनेपा
दिपक जंगम शर्मा -बनेपा
शंकर लामा -बेथानचोक
शिव न्यौपाने -पाँचखाल
आइते सिंह तामाङ -पाँचखाल
लक्ष्मण वस्ताकोटी -मण्डनदेउपुर
गोकुल गौतम -मण्डनदेउपुर
डिली प्रसाद आर्चाय -मण्डनदेउपुर
राम प्रसाद श्रेष्ठ -मण्डनदेउपुर
प्रेम बहादुर भूजेल -भूम्लु
माेतिलाल तामाङ – भुम्लु

यस्तै  आर्थिक व्यबस्थापन कमिटी निर्वाचन खर्च व्यवस्थापन तथा पारदर्शी आर्थिक सञ्चालनका लागि आर्थिक कमिटी गठन गरिएको छ। आर्थिक कमिटीमा संयोजक बसुन्धरा हुमागाई,सह–संयोजक कृष्ण भण्डारी,सदस्यहरू सचितानन्द के.सी, छविलाल हुमागाई,रघुवर चौ प्रधान,भेषराज शाह,निरन्जन विष्ट, राम प्रसाद श्रेष्ठ,लक्ष्मण वस्ताकोटी, डिल्लि प्रसाद आर्चाय रहनु भएको छ।

पालिकास्तरमा निर्वाचन अभियानलाई प्रभावकारी बनाउन पालिकागत निर्वाचन परिचालन मूल कमिटी गठन गरिएको छ।बेथानचोकमा संयोजक तारा राना तिमल्सिना,सह–संयोजक  हरी चन्द्र लामा,पनौती संयोजक  जयराम केसी,सह–संयोजक  हस्त लामा,बनेपा,संयोजक प्रल्लाद दाहाल,सह–संयोजक  कान्छा मानन्धर,धुलिखेल,संयोजक सुरेन्द्र महत,सह–संयोजक  राजेन्द्र सापकोटा,मण्डनदेउपुर संयोजक  गणेशप्रसाद पराजुली,सह–संयोजक रोहित मोक्तान,पाँचखाल,संयोजक रामशरण दुलाल हुनु हुन्छ।

प्रचार-प्रसार संयोजन
निर्वाचन अभियानको प्रचार–प्रसार संयोजकको जिम्मेवारी  भेषराज शाहलाई दिइएको छ। मिडिया कमिटी अन्तर्गत प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, अनलाइन सञ्चारमाध्यम तथा स्थानीय पत्रकारहरूसँग समन्वय गरी प्रचार–प्रसारलाई व्यापक बनाइने पार्टीले जनाएको छ।

पार्टीले जनसम्पर्क, संगठन विस्तार, प्रचार–प्रसार तथा निर्वाचन व्यवस्थापनलाई योजनाबद्ध ढंगले अघि बढाउँदै काभ्रे क्षेत्र नं. २ मा निर्णायक उपस्थितिका साथ चुनावी मैदानमा उत्रिने जनाएको छ।