माघ १५ बुधबार ,२०८२
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले गाईको मासु काटेर खान पाउनु पर्ने भन्ने अभिव्यक्ति दिएपछि चितवनमा विवाद उत्पन्न भएको छ। उक्त अभिव्यक्तिप्रति विश्व हिन्दु युवा संघ नेपाल, चितवनले कडा आपत्ति जनाएको छ।
मंगलबार त्यसकाे विराेधमा आयोजित एक सभालाई सम्बोधन गर्दै संस्था अध्यक्ष घनश्याम पौडेलले उनको अभिव्यक्तिलाई धर्म, संस्कृति र परम्परामाथिको प्रहार भएको संघको ठहर छ। संघले खगेन्द्र सुनारलाई आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ।
सभामार्फत बोल्दै संघका एक वक्ताले अभिव्यक्ति फिर्ता नगरे सभापति रवि लामिछानेको ‘घण्टी नबज्ने’ चेतावनी दिएका छन्। साथै, यदि यस्ता अभिव्यक्तिहरू दोहोरिरहे धर्म र संस्कृतिको रक्षाका लागि भण्डाफोर अभियान सञ्चालन गर्न बाध्य हुने बताएका छन्।
उक्त अभिव्यक्तिपछि राजनीतिक तथा सामाजिक वृत्तमा व्यापक चर्चा र प्रतिक्रिया आउन थालेको छ। प्रदर्शन कारिले उनकाे पुतला पनि जलाएका थिि ।ए


