चुनावी गतिविधिमा बालबालिका प्रयोग निषेध, परिषदद्वारा सबै दललाई निर्देशन

+
-

माघ ११ आइतबार ,२०८२
काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषदले निर्वाचनका क्रममा बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबै पक्षलाई कडा निर्देशन दिएको छ।

परिषदले बालबालिका सम्बन्धी ऐन, २०७५ तथा निर्वाचन आचारसंहिता, २०७९ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक प्रयोजनका लागि जुलुस, आमसभा, प्रचार–प्रसार, स्वागत–सम्मान, अभियान, बैठक तथा कुनै पनि किसिमका चुनावी गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट गरेको छ।

यदि उक्त व्यवस्था उल्लङ्घन गरी बालबालिकालाई प्रयोग गरिएको पाइएमा कानुनबमोजिम जरिवाना, कैद तथा उम्मेदवारी बदरसमेत हुन सक्ने परिषदले चेतावनी दिएको छ। परिषदले बालबालिकाको अधिकार, हित र संरक्षणलाई ध्यानमा राखी निर्वाचन अवधिभर सबै राजनीतिक दल तथा उम्मेदवारलाई जिम्मेवार र संवेदनशील बन्न आग्रह गरेको छ।

#बालअधिकार
#बालबालिकाकोसुरक्षा
#चुनाव२०८२
#निर्वाचनआचारसंहिता
#बालश्रमनिषेध
#NationalChildRightsCouncil
#ElectionNepal
#ChildRights