अ+
अ
अ-
२०८२ पुस २७ आइतबार
काठमाडौँ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तीर्थ लामाले नेपाली काङ्ग्रेस गरिब, मजदुर तथा श्रमजीवी वर्गको पार्टी भएको बताएका छन्।
आज काठमाडौँमा आयोजित काङ्ग्रेसको दोस्रो विशेष महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै नेता लामाले आजको दिन जेन्जी विद्रोहको ऐतिहासिक सम्बोधन हुने महत्वपूर्ण दिन भएको उल्लेख गरे। उनले यस अभियानले काङ्ग्रेसलाई निर्णायक मोडमा पुर्याउने विश्वास व्यक्त गरे।
महामन्त्री द्वयले पनि उक्त अभियानलाई निर्णायक स्थानमा पुर्याउन सकिने धारणा राखेको उल्लेख गर्दै नेता लामाले काङ्ग्रेसले युवा, वृद्ध र जेजी सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनका अनुसार सबै वर्ग र समुदायलाई समेट्ने समावेशी राजनीतिमार्फत मात्र काङ्ग्रेस अझ सशक्त र जनमुखी बन्न सक्नेछ।


