छैठौँ राष्ट्रपति रनिङ शिल्ड–२०८२ ले भुम्लुमा शिक्षा, स्वास्थ्य र खेलकुद नीतिलाई थप सशक्त बनायो

+
-

पुस२२ बिहीबार ,२०८२
काभ्रेपलान्चोक । भुम्लु गाउँपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रसँगै खेलकुद तथा योगलाई प्राथमिकताका साथ अघि बढाउने नीतिलाई छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ ले थप मजबुत बनाएको छ।

गाउँपालिकाभित्रका विभिन्न विद्यालयहरूको सहभागितामा सम्पन्न प्रतियोगितामा श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु–०१ रिठेले प्रथम स्थान हासिल गरेको छ भने श्री सेतीदेवी माध्यमिक विद्यालय, भुम्लु–०४ याक्पाले द्वितीय र श्री अरुणदय माध्यमिक विद्यालय, भुम्लु–०२ सिम्थलीले तृतीय स्थान प्राप्त गरेका छन्।

हरेक वर्ष हुने प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएकाे होइन । सहभागी सम्पूर्ण विद्यालय, विद्यार्थी र शिक्षक तथा प्रशिक्षकहरुकाे कडा मेहनतकाे प्रशंसा गर्दै गाँउपालिका अध्यक्ष प्रेम बहादुर भूजेलले आभार व्यक्त गर्नु भएको छ। उपाध्यक्ष जितेन्द्र मान तामाङ `दावा´ले , कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति  गाउँपालिका सरकार तथा व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नु भयो ।
गाउँपालिकाले आगामी दिनमा पनि विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासका लागि खेलकुद, योग र स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूलाई निरन्तर प्राथमिकतामा राख्दै अघि बढाउने जनाएको छ।

#PresidentRunningShield2082
#BhumluGaunपालिका
#SchoolSports
#EducationHealthSports
#YouthDevelopment