अ+
अ
अ-
२०८२पुस २१ साेमबार
काभ्रेपलान्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थली मुलाबारी नजिक बोलेरो गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन्। भुम्लु–३ बेखसिम्लेबाट सिम्थली हुँदै काठमाडौं जाने क्रममा दुर्घटना भएको हो।
दुर्घटनापछि घाइतेहरूको अवस्था बाह्य रूपमा त्यति जटिल नदेखिए पनि थप उपचार तथा निगरानीका लागि धुलिखेल अस्पताल पठाइएको सिम्थलिका वडा अध्यक्ष सुजन भण्डारीले जानकारी दिनु भयो । स्थानीय स्रोतले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेको हो।
दुर्घटनामा घाइते हुनेमा बोलेरो चालक भुम्लु–१ का विशाल श्रेष्ठ, भुम्लु–२ का रामशरण पहरी, भुम्लु–२ कै श्रीकृष्ण पहरी तथा एम्बुलेन्स चालक रामकुमार महत रहेका छन्। सबै घाइतेको उपचार भइरहेको छ।


