अ+
अ
अ-
मंसिर ११ बिहीबार, २०८२
काठमाडौ । राष्ट्रपति कार्यालयले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस र नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ साल भदौ ५ गतेको निर्णयका आधारमा नेपाली सेना परिचालनको अनुमति प्रदान गरेको राष्ट्रपतिका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “सम्वत २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरिएको छ।”


