काभ्रेपलान्चोक । भुम्लु गाउँपालिका–२ सिमथलीमा दर्ता छुट भई लालपुर्जा नपाएका जग्गाधनीहरू अब धनी पुर्जा पाउने भएका छन्। गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलको नेतृत्वमा जिल्ला मालपोत कार्यालयका कर्मचारी सहितको टोलीले हालै स्थलगत निरीक्षण सम्पन्न गरेको हो।
गत भदौ ३ गते नेपाल सरकारका तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा भुम्लु–७ र ८ का नागरिकलाई धनी पुर्जा वितरण गरिएको थियो। नापी भएको करिब ५० वर्षपछि स्थानीयहरूले धनी पुर्जा प्राप्त गरेका हुन्। सिमाना विवादका कारण २०३२ सालमा धनी पुर्जा वितरण स्थगित गरिएको थियो।
सिमथलीका ६२ जना लालपुर्जा–विहीन नागरिकले धनी पुर्जा उपलब्ध गराउन गाउँपालिका कार्यालयमा निवेदन दिएका छन्। भदौ ३ गतेको कार्यक्रममा मन्त्री अधिकारी तथा मन्त्रालयका सचिवले वडा नं. २ सिमथलीमा छुटेका जग्गाको धनी पुर्जा निर्माणका लागि जिल्ला मालपोत कार्यालयलाई निर्देशन दिएका थिए।
उनीहरूका अनुसार अब लालपुर्जासम्बन्धी समस्या भुम्लुमा स्थायी रूपमा समाधान हुने अपेक्षा गरिएको छ।
भुम्लु गाउँपालिका–२ सिमथलीमा दर्ता छुट भई लालपुर्जा नपाएका जग्गाधनीहरू अब धनी पुर्जा पाउने भएका छन्। गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर भुजेलको नेतृत्वमा जिल्ला मालपोत कार्यालयका कर्मचारी सहितको टोलीले हालै स्थलगत निरीक्षण सम्पन्न गरेको हो।