२०८२कार्तिक २४ साेमबार
काभ्रेपलान्चाेक । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) काभ्रेले आयोजना गरेको जिल्लास्तरीय एकल गायन (सिङ्गिङ आइडल) प्रतियोगिता सोमबार उत्साहपूर्वक सम्पन्न भएको छ। बनेपा, पनौती र पाँचखाल प्याब्सनबाट चयन भएका ११ विद्यालयका प्रतिभाशाली विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए।
प्रतियोगितामा लिन इन्टरनेश्नल बोर्डिङ स्कुलका समराज खत्रीले पहिलो स्थान हासिल गर्दै ‘काभ्रे सिङ्गिङ आइडल’को उपाधि जिते। ज्ञानकुञ्ज शैक्षिक आर्यन महत दोस्रो, प्रगति प्रभात एकेडेमीकी सोनिया ढुंगाना तेस्रो, र लिलावती नेशनल एकेडेमीकी खुसी हुँमागाईं चौथो स्थानमा रहिन्।
कार्यक्रमका प्रमुख अतिथि तथा प्याब्सन केन्द्रीय सचिवालय सदस्य हिरा शर्मा नेपालले विजेताहरूलाई मेडल र प्रमाणपत्र वितरण गरे। कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेलको सभापतित्व रहेको थियो भने सञ्चालन सचिव बिमल न्यौपानेले गरेका थिए।
सो अवसरमा वरिष्ठ उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, उपाध्यक्ष बसन्तराज नेपाल, बनेपा नगर अध्यक्ष महेन्द्र बिष्ट, पनौती अध्यक्ष रामचन्द्र देउजा, धुलिखेल अध्यक्ष मिलन आचार्य, पाँचखाल अध्यक्ष रामप्रसाद कोईराला, कोषाध्यक्ष अर्जुन थापा, र अतिरिक्त क्रियाकलाप प्रमुख चन्द्रप्रसाद ताजपुरिया लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठ र रोशन घौगडेल रहेका थिए।
विजयी विद्यार्थीहरूले अब प्याब्सन बागमती प्रदेशस्तरीय सिङ्गिङ आइडल प्रतियोगितामा काभ्रेको प्रतिनिधित्व गर्ने भएका छन्।


