अ+
अ
अ-
कार्तिक १६ बिहीबार २०८२
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा छिमेकी देशहरू र नेपालका प्रमुख राजनीतिक दलहरूमाथि आपत्तिजनक शब्द प्रयोग गर्दै अभिव्यक्ति दिएका छन्।
शाहले आफ्नो फेसबुक स्टाटसमार्फत भारत, अमेरिका र चीनसँगै नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको नाम लिएर कठोर टिप्पणी गरेका थिए।
उनले ती देश र दलहरूलाई लक्षित गर्दै “तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौ” भन्नेजस्ता घृणास्पद शब्द प्रयोग गरेका थिए।
उनको उक्त स्टाटस सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएको छ। धेरैले जनप्रतिनिधिबाट यस्तो आपत्तिजनक अभिव्यक्ति अनुचित भएको टिप्पणी गरेका छन्।


