अ+
अ
अ-
२०८२ कार्तिक १३,बिहीबार
काभ्रेपलाञ्चोक । नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईं केन्द्रीय कमिटी सदस्यमा मनोनीत हुनुभएको छ। बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले हुमागाईंलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।
हुमागाईं बागमती प्रदेशका पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री हुनुहुन्छ। उहाँ २०८० साल चैत्रमा सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा काभ्रे अध्यक्षमा निर्वाचित हुनुभएको थियो।


