जेन जि आन्दोलनपछि बनेको सरकारले चार नयाँ मन्त्री थप्यो

+
-

 

२०८२कार्तिक ९ आइतबार 
काठमाडौँ । जेन जि आन्दोलनपछि बनेको चुनावी सरकारले चार जना नयाँ मन्त्री थप्ने निर्णय गरेको छ। नव नियुक्त मन्त्रीहरूमा सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बव्लु गुप्ता रहेका छन्।

प्रधानमन्त्री शुसिला कार्कीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गर्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

पोर्टफोलियो अनुसार गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनारले श्रम तथा रोजगार मन्त्रालय, र गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन्।