नेकपा माओवादी र एकीकृत समाजवादीबीच एकता प्रक्रिया आधिकारिक नभएको प्रचण्ड सचिवालयकाे प्रष्ट्याेक्ति

+
-

 

२०८२कार्तिक ,८ शनिबार 
काठमाडौं। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच हुने भनिएको पार्टी एकता प्रक्रिया आधिकारिक नभएको स्पष्ट गरिएको छ।

नेकपा माओवादीका अध्यक्ष तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले शनिबार एक विज्ञप्ति जारी गर्दै एकता सम्बन्धी विभिन्न सञ्चार माध्यममा आएका समाचारहरू सत्य नभएको जनाएकाे हो।

विज्ञप्तिमा भनिएको छ, “पार्टी एकता सम्बन्धी छलफल नीति, कार्यक्रम र योजनाका विषयमा मोटामोटी चलिरहेको छ, तर एकताको मिति वा औपचारिक सहमति भएको छैन।”

सचिवालयले जनाएअनुसार दुवै पार्टीबीच विचार, संगठन र कार्यदिशाका विषयमा निरन्तर संवाद भइरहेको भए पनि एकता प्रक्रिया कुनै पनि तहमा अन्तिम निर्णयमा पुगेको छैन।

यसैबीच, माओवादी केन्द्र र एकीकृत समाजवादी दुबै दलभित्र पनि पार्टी एकता सम्बन्धी फरक मत देखिएको छ। केही नेताहरू एकताको पक्षमा देखिँदा, केही नेताहरू भने त्यसको विरोधमा छन्। धेरैले यो सम्भावित एकता २०१८ सालको नेकपा एकीकरण जस्तै अस्थायी नठहरिने हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन्।

 

(टुकी नेटवर्क अनलाइन)