नाइटिङ्गेल एकेडेमी आधुनिक शिक्षा प्रवाहमा प्रतिबद्द:- अध्यक्ष रञ्जितकार

+
-

२०८२ असाेज २८ मंगलबार    

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१० जनागलस्थित नाइटिङ्गेल एकेडेमीमा ‘नाइटिङ्गेल स्पोर्ट्स मिट २०८२’ एक विशेष समारोहका बीच भव्य रूपमा सुरु गरिएको छ।

कार्यक्रम विद्यालयका अध्यक्ष रत्न कुश रजितकारको सभापतित्वमा र श्री मेहर गण धुलिखेलका मेजर ईश्वर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बनेपा वडा नं. १० का अध्यक्ष चन्द्र बहादुर खड्का, पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोद कुमार न्यौपाने, समाजसेवी सत्यमान तामाङ, राज भन्दिर श्रेष्ठ लगायत स्थानीय पत्रकार, अभिभावक र समुदायका अग्रजहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

“खेलकुदले जिम्मेवारी र अनुशासन सिकाउँछ” — मेजर बस्नेत
मुख्य अतिथि मेजर बस्नेतले खेलकुद विद्यार्थीको व्यक्तित्व विकासको माध्यम भएको बताउँदै भने, “खेलकुद केवल मनोरञ्जन होइन, यो जीवनमा अनुशासन र आत्मविश्वास विकास गर्ने मार्ग हो। खेलकुदबाट नाम र दुवै दाम कमाउन सकिन्छ।”उहाँले विद्यार्थीहरूलाई मिहिनेत, लगनशीलता र जिम्मेवारीबोधका साथ खेलकुदमा सहभागी हुन आग्रह गर्नुभयो।

`विद्यालयमा खेल पूर्वाधार विस्तार हुँदै´
विद्यालयका अध्यक्ष रत्न कुश रजितकारले विद्यार्थीहरूलाई स्वस्थ प्रतिस्पर्धाको भावना र अनुशासनका साथ खेलमा सहभागी हुन प्रेरित गर्नुभयो। उहाँले विद्यालयमा फुटसल मैदान, बास्केटबल, भलिबल र ब्याडमिन्टनका लागि होम ग्राउन्ड निर्माणको योजना सार्वजनिक गर्दै भने,“एक महिनाभित्र फुटसल मैदान निर्माण हुनेछ, साथै विद्यालय चार ब्लकको अवधारणासहितको विकास योजनामा अघि बढिरहेको छ।” नाइङिङ्गेल एकेडेमी आधुनिक शिक्षा प्रबाहमा सधैं प्रतिबद्द रहने अध्यक्ष रञ्जितकारकाे भनाइ रहेको छ।

वडाध्यक्ष चन्द्र बहादुर खड्काले खेलकुदको विकासका लागि अभिभावक, विद्यार्थी र संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै भने,“वडास्तरमा खेलकुदको विकासका लागि सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

`एक सातासम्म विभिन्न प्रतियोगिता´
विद्यालयकी प्रिन्सिपल उमा बस्नेतका अनुसार स्पोर्ट्स मिट एक सातासम्म सञ्चालन हुनेछ। कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, हाई जम्प, लङ्ग जम्प, स्विमिङ, टग अफ वार, कराँते लगायतका खेलहरूमा विद्यार्थीहरू प्रतिस्पर्धा गर्नेछन्।

`विद्यार्थीहरूको आकर्षक प्रस्तुति´
उद्घाटन समारोहमा एनसीसी टोलीले खुकुरी ड्रिल, विद्यार्थीहरूले टेक्वान्दो प्रदर्शन, कक्षा ३ र ४ का विद्यार्थीहरूले पीटी प्रदर्शन र समूह नृत्य प्रस्तुत गरेका थिए।