रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौ स्थानान्तरण

+
-

 

साउन ३१, शनिबार, २०८२
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट काठमाडौ ल्याइएको छ। आज शनिबार उनलाई विमानमार्फत नख्खु कारागारमा स्थानान्तरण गरिएको हो।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि बुटवल लगेको थियो। अदालतको आदेशअनुसार उनलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ।

लामिछाने काठमाडौ ल्याइएपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए। संचारमाध्यममा सार्वजनिक भिडियोमा उनी समर्थकहरूलाई हात हल्लाउँदै गरेको देख्न सकिन्छ।

काठमाडौ स्थानान्तरणका लागि सभापति लामिछाने स्वयंले कारागार व्यवस्थापन विभागमा निवेदन दिएका थिए। तर सरकारले उनलाई राजधानी ल्याउन अनिच्छा देखाएको बताइएको छ।