मलाई सुन्दर नेपाल बनाउने रहर छ’ गीतको सुटिङ सम्पन्न

+
-

माधव घिमिरे ‘अटल’

काठमाडौँ । जन आकाश मिडियाका सञ्चालक मोहन कार्कीद्वारा रचित हाम्रो देशमा अव्यवस्थित गाउँ सहर छ । ‘मलाई सुन्दर नेपाल बनाउने रहर छ’ बोलको राष्ट्रवादले ओतप्रोत गीत यही साउन २२ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा छायाङ्कन सम्पन्न भएको हो ।उक्त गीतको निर्देशन दिनेश एसकेले र छायाङ्कन रामेश्वर जिरेलले गरेका हुन् ।

सो स्वदेशगानमा राष्ट्रिय कलाकार सुभाष गजुरेल, सङ्गीतकार माधव भण्डारी, गायक रुपक डोटेल, चर्चित कलाकारहरू एकराज गराच, सञ्चिता शाही, सुनिता खड्का, अभिचन्द्र कार्की, सङ्गीतकार विजेन्द्र नौबागे, रचनाकार मोहन कार्की, दीपक बराल, देवीप्रसाद चौलागाई, विनोद कार्की, विनोद नेपाली लगायत बाल कलाकारहरूको अभिनय देख्न सकिन्छ । मेक अप कलाकार राजिना बज्राचार्यले गरेका हुन् ।

उक्त गीतको रचनाकार मोहन कार्कीले रचना गरेको गीत रुचाएर विजेन्द्र नोबागेले तुरुन्तै सङ्गीत भरेका थिए । माधव भण्डारीले सङ्गीत संयोजन गरेको सो गीतलाई रुपक डोटेल र उषा गजुरेलले स्वर भरेका छन् भने कोरसमा चाहिँ एनिस एन्जल राई, लक्ष्मी स्याङतान सहभागी छन् ।

सो म्युजिक भिडियोलाई जन आकाश मिडियाको १८ औँ वार्षिकोत्सवको अवसरमा यही भाद्र २९ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा उपसभामुख माननीय इन्दिरा राना मगरको प्रमुख अतिथिमा लोकार्पण गर्ने कार्यक्रम तय भएको छ ।