सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्रद्वारा साहित्य, समाज, स्वास्थ्य र शिक्षामा योगदान दिने विशिष्ट व्यक्तित्वहरू सम्मानित

+
-

 

काठमाडौं, साउन २२ — नेपाली साहित्य, समाजसेवा, स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रेरणादायी योगदान पुर्‍याउँदै आएका विशिष्ट व्यक्तित्वहरूलाई सिद्धिश्वरमान अक्षलोक साहित्य केन्द्र ले भव्य समारोहबीच सम्मान गरेको छ।

काठमाडौंको पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा बिहीबार सम्पन्न कार्यक्रममा केन्द्रले अक्षलोक साहित्यिक पत्रिका को लोकार्पण गर्दै विविध क्षेत्रका योगदानकर्ताहरूलाई सम्मानपत्र, नगद राशी तथा साधकमालासहित सम्मानित गर्‍यो।

साहित्यिक साधनामा निरन्तर समर्पित स्रष्टा राम विनयलाई यस वर्षको सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी साहित्य साधक सम्मान प्रदान गरिएको छ। साहित्यमा उनले पुर्‍याएको गहिरो योगदानको कदरस्वरूप उनलाई यो उच्च सम्मान अर्पण गरिएको आयोजक संस्थाले जनाएको छ।

त्यसैगरी अन्य सम्मानित व्यक्तित्वहरू र संस्थाहरू यसप्रकार छन् :

प्रमुख सम्मानहरू

आजन्म साहित्य साधना पुरस्कार (रु ११,१११) : लालबहादुर भुजेल

उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार (रु २०,०००) : प्रा. डा. भानुचन्द्र बज्राचार्य

अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार (रु २०,०००) : Roger The Group, बेल्जियम

उत्कृष्ट साना उद्यमी पुरस्कार (रु ११,१११) : निष्ठा कायस्थ (दिदीबहिनी क्रियसन्स)

बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान : स्व. विनय कसजु

शिक्षा रत्न सम्मान : प्रा. डा. हृदयरत्न बज्राचार्य

सूचना तथा साहित्य साधक सम्मान : प्रविण जोशी

संगीत साधक सम्मान : राजु सिंह

अक्षलोक रत्न सम्मान : प्रा. उपेन्द्र बहादुर कार्की

शताब्दी स्वास्थ्य साधक सम्मान : डा. भगवान कोइराला

साहित्य रत्न सम्मान : हिरण्यकुमारी पाठक

साहित्य साधक सम्मान : लक्ष्मी माली र स्नेह सायमी

नेपाल भाषा ‘संझ्या नेपा भायया’ सम्मान : रेवती राजभण्डारी र नरेन्द्र बहादुर श्रेष्ठ

संस्थागत सम्मान

साहित्यिक पत्रकार संघ, काठमाडौं

भिम विराग संगीत, साहित्य कला प्रतिष्ठान, हेटौंडा

कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री देबेन्द्र दाहालले सम्मानित स्रष्टाहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
प्रा. डा. दयाराम श्रेष्ठले सम्मानित स्रष्टाहरूलाई साधकमाला अर्पण गरेका थिए।

कार्यक्रममा साहित्यिक पत्रकार, स्रष्टा, शिक्षाविद्, सांगीतिक व्यक्तित्व र विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। केन्द्रका अध्यक्षले कार्यक्रममा सम्मानका माध्यमबाट समाजमा सिर्जनशीलता, समर्पण र सेवाको भावना अझ प्रोत्साहित हुने विश्वास व्यक्त गरेका थिए।