दाहाल यज्ञनिधिको ७२औं जन्मजयन्ती विशेष समारोहमा “जदौ” पुरस्कार वितरण

+
-

साउन १५, बिहीबार, २०८२
काठमाडौं। नागार्जुन वाङ्मय प्रतिष्ठानद्वारा आयोजित नियमित सुप्रभात काव्यगोष्ठी यसपटक प्रख्यात साहित्यकार दाहाल यज्ञनिधिको ७२औं जन्मजयन्तीको विशेष अवसरमा आयोजना गरिने भएको छ। कार्यक्रम काठमाडौंको बागबजारस्थित शिरीष मेडिकल हल अगाडिको सहयोगी संस्था भवनमा साउन १७ गते शनिबार बिहान १०:३० बजेबाट सुरु हुनेछ।

समारोहमा दाहाल यज्ञनिधिको व्यक्तित्व र कृतित्वबारे विशेष चर्चा गरिनेछ। साथै, उहाँकै नाममा स्थापित “जदौ” काव्यकृतिको विमोचन गरिने तथा सोही कृतिको नाममा स्थापना गरिएको “जदौ पुरस्कार” वितरण गरिने कार्यक्रम रहेको छ।

कार्यक्रममा वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ भने विशिष्ट अतिथिमा प्रा. प्रयागराज वर्तौला रहनुहुनेछ। “जदौ” काव्यकृतिबारे लेखक विनोद मञ्जनले विशेष प्रस्तुति दिनेछन्।

यस वर्षको “जदौ पुरस्कार” साहित्यकार डा. रमेश शुभेच्छुकलाई प्रदान गरिने छ। कार्यक्रमको क्रममा दाहाल यज्ञनिधिको साहित्यिक योगदानमाथि विशेष परिचर्चा, काव्यगोष्ठी तथा स्रष्टाहरूको सम्मानसमेत गरिनेछ।