श्रावण,६ मंगलबार २०८२
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रदेश घटाउन माग गर्नु भएको छ। मंगलबार पुष्पलाल श्रेष्ठकाे स्मृतिमा गरिएको`वर्तमान राजनिती र कम्युनिस्ट आन्दोलन´ विषयक विचार गाेष्ठीमा बाेल्दै शर्माले नेपालमा सात प्रदेश भारी हुँदै गरेको बताउनु भएको हो । राष्ट्रिय सभागृह काठमाडौमा स्कुल अफ माक्सिजमले उक्त बहस चलाएको थियो
शर्माले सात प्रदेशलाई घटाएर पाँच प्रदेशमा झार्नु पर्ने धारणा राख्नु भएको छ। उहाँले भन्नुभयो,`प्रदेश स्तरीय मन्त्री मण्डल सानाे बनाउनु पर्छ। पाँच सदस्यीय मन्त्री मण्डल र प्रशासकीय जनशक्ति कम राख्न जरुरी छ। अनावश्यक कर्मचारी जनशक्ति घटाउने तिर लागौ । प्रशासनलाई प्रविधीमैत्री बनाउन जाेड दिउँ।´ प्रदेश सरकारले ब्यायभार थेग्न नसकेकाे भन्दै प्रदेश घटाउन बहस चलाउनु पर्ने शर्माको धारणा थियो ।
पार्टी अध्यक्ष प्रचण्ड प्रती लक्ष्यित गर्दै शर्माले राज्यमा प्रत्यक्ष निर्वाचन प्रणालीकाे व्यबस्था हुने तर पार्टीकाे नेतृत्व चयनमा निर्वाचन नहुने कस्ताे कम्युनिस्ट पार्टी हो भन्दै प्रश्न गर्नु भएको छ । उहाँले माओवादीकाे अध्यक्ष बन्न आफू सक्षम भएको तर नेतृत्वले एकतन्त्रीय शासन गर्ने र दाेस्राे पुस्तालाई पेलेर राख्ने खराब प्रबृति मौलाएकोमा आक्राेश व्यक्त गर्नु भयो । घण्टै पिच्छे बाेलि फेर्ने नेताबाट राजनीतिक निकासकाे अपेक्षा गर्न नसक्ने हरेक कुरा शंकाकाे दृष्टिले हेर्नू पर्ने समय आएको शर्माकाे भनाइ थियो ।


