पार्टीलाई गतिशील बनाउन बामदेवकाे साथ जरुरी :- अध्यक्ष नेपाल

+
-

श्रावण २ बिहीबार ,२०८२
काठमाडौ । नेकपा(एकीकृत समाजवादी)पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान बीच एकता भएको छ। आज(बिहीबार) राष्ट्रिय सभागृहमा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधब कुमार नेपाल र राष्ट्रिय एकता अभियानका संयाेजक बामदेव गौतमले संयुक्तरूपमा एकताकाे घाेषणा गर्नु भएको हो ।

घाेषणा कार्यक्रममा बामदेव लगायत सम्पुर्ण पदाधिकारीहरुलाई स्वागत गर्दै अध्यक्ष नेपालले एकता अभियानकाे सुरुवात भएको बताउनुभयो । उहाँले आँट र सहसिकताले नै गन्तव्यमा पुर्याउने भन्दै नेपाली समाज र राजनीतिमा नागरिक आकर्षण बढाउन हातेमालो गर्नु पर्ने अब्हान गर्नु भयो । पार्टीलाई नीति,आचरण र लगनशीलताले मात्रै अगाडी बढन सक्ने उहाँको भनाइ थियो।

नेपालले शक्ति र संगठनलाई गतिशील बनाउने कुरामा बामदेवकाे सहयोगकाे अपेक्षा गर्नु भएको छ। तस्वीरमा रहेका पुष्पलाल, मदन भण्डारी लगायत अग्रज नेताहरुले जसरी चुनौतीकाे सामना गरेका थिए त्यसरी नै चुनौतीका साथ आन्दोलनमा अगाडी बढ्न कार्यकर्ताहरुलाई उहाँले आग्रह गर्नु भएको थियो ।