असार २९ आइतबार ,२०८२
काभ्रेपलान्चोक । नेपाल बौद्धिक परिषद बनेपा नगर कमिटीले २११ अौ भानु जयन्ती मनाएको छ। परिषदले आज वडा नम्बर १० काे कार्यालयमा खुल्ला कविता वाचन गरि भानु जयन्ती मनाएको हो ।
कार्यक्रममा वाचित रचनाहरु माथि टिप्पणी गर्दै नेपाल बौद्धिक परिषदमा केन्द्रीय सदस्य डाक्टर विदुर वस्तिले भानुले मौलिक महाकाब्य रचना गरि उति बेलाकाे समाजलाई गुन लगाएको बताउनुभयो । उहाँले भानु एक समाज सुधारक प्रगतिवादी कवि भएको स्मरण गर्दै हामीले भानुकाे उचित सम्मान गर्न नसकेकोमा दुख व्यक्त गर्नु भयो । नेपाली भाषा साहित्यकाे महत्त्व सिमा पारिका नेपाली भाषीले मात्रै बुझेको भन्दैमा उहाँले देशमा रहेर कला र साहित्यकाे विकासमा लाग्न साहित्यकारहरुलाई सुझाव दिनु भयो । साहित्यीक आन्दोलन गर्ने काभ्रे जिल्लाले सुरु गर्नु पर्ने पनि उहाँको धारणा थियो ।
यस्तै बौद्धिक परिषद काभ्रेका अध्यक्ष केशब थापाले भानु भक्तले गरे जति पनि अहिलेका पुस्ताले गर्न नसकेको भन्दै उनका रचनाले उतिबेलाकाे समाज बाेलेकाे प्रष्ट पार्नु भयो । संस्कृतमा पाेख्त उनी एक शिक्षित परिवारमा जन्मिएर पनि कुवा खनाउने घाँसीबाट प्रेरणा लिने व्यक्त हुन । तर अहिले भानुबाट अरुले सिक्नु पर्ने थापाकाे भनाइ थियो ।
कार्यक्रममा १६ जना स्रष्टाहरुले कविता वाचन गरेका थिए। कसैले भानु जयन्ती विषेश त कसैले फरक शैलीका कविता सुनाउनु भएको थियो । कविहरु पूर्णबहादुर श्रेष्ठ, श्री कृष्ण पाण्डे , केदार नाथ तिमल्सिना , मच्छेश्वर सापकोटा , सरस्वती चिमौरीया, रक्तिम लामा, भवानी पाण्डे , कालिका त्रिपाठी , नवराज उत्साही, मुरहरी रायमाझी , दिनेश खरेल ,राधिका घिमिरे , बाल कवि शिबम वस्ति , सुशीला विष्ट, विनाेद घिमिरे,यादव थापाले रचना सुनाउनु भएको हो ।
समुन्नत भाषा, साहित्य र कला ,सम्वृद्द राष्ट्रकाे आबाश्यकता भन्ने मुल नारा राखिएको खुल्ला कविता वाचन कार्यक्रमकाे अध्यक्षता श्रीकृष्ण पाण्डेले गर्नु भएको थियो । उक्त कार्यक्रममा ३५जना साहित्यीक तथा बौद्धिक व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।


