पनौती नगर अनिवार्य तथा नि:शुल्क शैक्षिक पालिका घाेषणा

+
-

असार २५ बुधबार ,२०८२

काभ्रेपलान्चोक  । जिल्लाकाे पनौती नगरपालिकाले`अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सुनिश्चित´ नगर घाेषणा गरेकाे छ। आज पनौतीमा एक बृहत् कार्यक्रम आयाेजना गरि` सबै बालबालिकाकाे विद्यालयमा सहभागीता,गुणस्तरीय शिक्षा प्राप्तिकाे सुनिश्चितता ´भन्ने मुल नारा सहित अनिवार्य तथा निशुल्क शिक्षा नगर घाेषणा गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दीपक कुमार गौतमले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई `अनिवार्य तथा निशुल्क आधारभूत शिक्षा सुनिश्चित´ नगर भएको प्रमाण पत्र प्रदान गर्नु भएको हो ।

उक्त घाेषणा सभामा सम्बाेधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौतमले पनौती नगरमा अध्यापन गराइरहेका  शिक्षकहरुकाे प्रशंसा गर्नु भएको थियो । उहाँले,शिक्षकहरुकाे कडा मेहनतकाे परिणाम स्वरुप पनौती नगरका विद्यालयहरुले राम्रो जिपिए ल्याएकाे बताउनुभयो । अबका दिनमा नगरले अझै राम्रो प्रतिशत ल्याउने गौतमको अपेक्षा रहेको छ।

अनिवार्य शिक्षा लागू गर्ने घाेषणाकाे व्यहाेरा नगर प्रमुख भण्डारीले वाचन गरेर सुनाउनु भएको थियो । ´नेपालकाे संविधानले सुनिश्चित गरेकाे बालबालिकाहरुले पढन पाउने अधिकारकाे समानता,गुणस्तर र समावेशीताका आधारमा अगाडि बढाइने छ।´मेयर भण्डारीले वाचन गर्नु भएको घाेषणामा भनिएको छ।

कार्यक्रममा  विभिन्न बक्ताहरुले आ- आफ्नो भनाइ राख्नु भएको थियो । सामुदायिक विद्यालयकाे तर्फबाट आफ्नो भनाइ राख्दै एक बक्ताले २७ जना बालबालिका  विद्यालय बाहिरिएकाे बताउनुभयो । त्यस्ता  बालबालिकालाई विद्यालय राख्न सफल भएको उहाँको दावि थियो ।  नगरले पढदै-कमाउदै कार्यक्रम लागू गरी सीप सिक्ने वातावरण बनाउन नसक्नु चुनौतीपूर्ण रहेको र नगरले यस वर्ष शिक्षामा बजेट बढाएकोमा खुशी व्यक्त गर्नु भयो ।

शिक्षक महासंघका पनौतीका अध्यक्ष उद्वब बाेलखेले फरक क्षमताका समेत ४५ जना विद्यार्थीलाई विद्यालयमा भर्ना गराउन सफल भएकोमा खुशी व्यक्त गर्नु भयो । उहाँले पनौती  खेलकुद र शैक्षिक हबकाे रुपमा स्थापित हुँदै गएको बताउनुभयो ।

विद्यालयकाे वार्षिक प्रतिबेदनकाे विवरण हेर्दा सामुदायिक विद्यालय तर्फ ९५ प्रतिशत र  प्राइभेटले तर्फ ५८ प्रतिसत मात्रै विद्यार्थी एसईईमा उतिर्ण हुन सकेको देखिन्छ । २५ विद्यार्थीमात्र असफलतालाई  चुनौती स्विकार गर्दै ४ जिपिए ल्याउने गरि पनौतीका विद्यालयहरु तयार हुने सराेकारवालाहरुकाे उदघाेष छ।