असार १८ बुधबार ,२०८१
काभ्रेपलाञ्चोक । हरेक वर्ष जस्तै यस वर्ष पनि नव क्षितिज साप्ताहिकको प्रधान सम्पादक तथा अग्रज पत्रकार नवराज बजगाईले आफ्नो जन्म दिन धुलिखेल–१२ स्थित मानव कल्याण समाजकाे सेवा घरमा मनाउनु भएको छ।
मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’ मा आश्रय लिएका ५२ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाउनुका साथै खाद्यान्न, लत्ता कपडा वितरण गरिएको हो । साथै उहाँले आश्रममा नगद २५ हजार सहयोग गर्नु भएको छ।
सेवा घरमा खाद्यान्न ,नुन, जिरा मसला, चिउरा, मस्यौरा, साबुन, डेटोल, फिनेल, सरफ, फलफूल, र लत्ता कपडा हस्तान्तरण साथै फलफूल र सरसफाइका सामाग्री सेवा घरमा हस्तान्तरण गरिएको समाजसेवी बजगाँईले बताउनुभयो ।
मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाई सुमी मानवले सडक तथा सार्वजनिक स्थलमा कष्टकर जीवन बिताइरहेकाहरुलाई उद्धार गरी संस्थाले संरक्षण गरिरहेकाे बताउनु भयो ।मानव सेवामा हाल ५२ जना आश्रति छन् ।


