असार १२ बिहीबार ,२०८२
काठमाडौ । नेकपा एकीकृत समाजवादीका सांसद तथा बागमती प्रदेशका पुर्व मन्त्री लक्ष्मण लम्सालले बागमती प्रदेशकाे गठबन्धन सरकारको हालत लठबन्धनमा परिणत भएको संकेत गर्नु भयाे ।
बागमती प्रदेशका आर्थिक मामिला मन्त्री कुन्दन काफ्लेले बजेट ल्याउने दिन मन्त्रालयका सचिवलाई दुर्ब्यवहार गरेका थिए। बजेट ल्याउन ढिलो गर्ने र बजेट माथि छलफल ताेकेकाे मितिमा नहुनुले सरकार लठबन्धन भएको भन्दै लम्सालले समाजिक संजाल फेसबुकमा मार्फत असन्तुष्टि जनाउनु भएको हो ।
उहाँका अनुसार सरकारले गत असार १ गते ३ बजे बजेट ल्याउछु भनेको थियो, तर राति १० बजे बजेट ल्याउने काम गरियाे । यो सरकार लठबन्धन हो । लठबन्धन सरकारले कस्तो परिपाटी बसाल्याे? भन्दै टिप्पणी गर्नु भएको छ ।
असार १२ गते बजेट माथिकाे छलफल बाेलाएकाे सरकारले १६ गतेलाई भनी सुचना निकाले पछि आश्चर्य व्यक्त गर्दै लम्सालले लठबन्धन सरकारकाे के कुरा नमिलेको हो भनी व्यङ्ग्य गर्नु भयो । बजेट पेस गर्ने सरकार र मन्त्रीहरुकाे कुरा नमिलिरहेकाे अबस्थामा विपक्षी सांसद र सत्ता पक्ष सांसदको कुरा कहिले मिल्ने हो भनी लम्सालले प्रश्न गर्नु भएको छ।
लम्सालले बजेट माथि दफाबार छलफल गर्ने कहिले हो ? सरकार के गर्दै छ? कता छ ? बजेट बिनियोजन होइन कब्जा गर्ने कस्तो अभ्यास हो ? भन्दै दुई तिहाई सरकारलाई कठै ! भन्नू भएको छ। सरकारसँग प्रदेशबासिले केही आश गर्ने ठाउँ नरहेको बताउँदै उहाँले बजेट कसैको निजि ढुकुटी नभएको प्रष्ट पार्नु भयो ।
बजेट पाउने नागरिकको अधिकार भएको र सबैको पसिनाकाे करबाट सिर्जित साझा अधिकार माथि कसैले हस्तक्षेप गर्ने नहुने उहाँको धारणा छ। लम्सालले समन्यायीक र समानुपातिक पुर्नलेखन हुनुपर्ने माग गर्नु भएको छ।


