असार ९ साेमबार,२०८२
काभ्रेपलान्चोक । पनौती नगरपालिकाकाे सत्रौं नगरसभा स्थगित भएको छ। साेमबार ११ बजेबाट सुरु हुनुपर्ने सभा मध्यान्ह ४ बजेसम्म अगाडि बढन नसके पछि स्थगित भएको हो।
आर्थिक वर्ष २०८२/८३ काे बजेटमा कार्यपालिका बैठकले निर्णय गरे भन्दा झण्डै ५ कराेड थप भएर बजेट ल्याइएपछि बजेट अधिवेशन स्थगित भएको हो ।
कार्यपालिका बैठकले १ अरब, ६१ कराेड,११ लाख,११ हजार बजेट प्रस्ताव पास गरेको थियो तर ४ कराेड, ८५ लाख थप भएर १अरब,६६ लाख पुगे पछि त्यसकाे कारण प्रस्ट नभएसम्म सभा संचालन हुन नदिने भन्दै सभासदहरु हलमा उपस्थित नभएका हुन्।
नगरपालिकाका मेयर रामशरण भण्डारीले नियमअनुसार विपद
केन्द्रीत बजेट ल्याइएकाे तर उप प्रमुख लगायत अन्य सदस्यहरु उपस्थित नहुनुकाे कारण आफुलाई जानकारी नभएको बताउनु भयो ।
नगरपालिकाकी उपमेयर गीता बञ्जराले कार्यपालिकाले पारित गरेकाे बजेट सहमति विपरीत बढीआउँनु शंकास्पद रहेको बताउनु भयो । उहाँका अनुसार नगर प्रमुख र उपप्रमुखले विपदग्रस्त वडामा नागरिकका समस्या सम्बाेधन गर्ने १/१ कराेड रुपैयाँका दरले बजेट चलाउने निर्णय भएको थियो साथै वडा अध्यक्षहरुले पनि १/१कराेड विपद व्यवस्थापन प्रयाेजनका लागि लिन सकिने व्यवस्था बजेटमा गरिएको थियो ।


