नेकपा एस मण्डन नगर कमिटीको अध्यक्षमा पराजुली,६६ सदस्यीय कमिटी

+
-

असार ८ आइतबार ,२०८२
काभ्रेपलान्चोक । नेकपा(एकीकृत समाजवादी)मण्डनदेउपुर नगरपालिका कमिटी काभ्रेको अध्यक्षमा गणेश प्रसाद पराजुली निर्वाचित हुनु भएको छ।

पराजुलीको अध्यक्षतामा ६६ सदस्यीय नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा नवीन गुरुङ ,सचिब राम प्रसाद श्रेष्ठ उपसचिब सुन्तली तामाङ ,उपसचिव रमेश क्षेत्री सर्वसहमत निर्वाचित हुनु भएको हो ।

शनिबार सम्पन्न नगर अधिवेशनमा केन्द्रीय उपाध्यक्ष जगन्नाथ खतिवडा , मण्डनदेउपुर नगरपालिकाका मेयर तथा पाेलिटव्युराे सदस्य टाेक बहादुर वाइबा, पूर्व मन्त्री तथा पाेलिटव्युराे सदस्य लक्ष्मण लम्साल ,केन्द्रीय सदस्य यसु लामा,काभ्रे जिल्ला कमिटी उपसचिव कृष्ण लामा लगायतले संयुक्तरूपमा अधिबेशनकाे उदघाटन गर्नु भएको थियो ।

कार्यक्रममा नगर कमिटीको विभिन्न जिम्मेवारीमा रहनु भएका नेता कार्यकर्ताकाे उपस्थिति रहेको थियो ।