क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले सुरु गर्याे देशव्यापी भ्रष्ट्रचार विरोधी अभियान

+
-

असार ५ बिहीबार ,२०८२
काभ्रे । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले आजबाट देशव्यापी रूपमा भ्रष्ट्रचार विरोधी अभियान सञ्चालन गरेको छ । काभ्रेको बनेपामा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी देशमा बढिरहेको बेथितीका बिरुद्ध सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानलाई सार्वजनिक गइएको हो ।
पार्टीको १० नम्बर ब्यूरो सचिव सोमानसिं तामाङ्को सभापतित्व तथा काभ्रे सचिव ढकप्रसाद अधिकारीको सञ्चालनमा भएको पत्रकार भेटघाट कार्यक्रममा सुशासनका निम्ति चलाईएको यो अभियानमा सबैलाई साथ दिन अपिल गरिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल १० नंं व्यूरो इन्चार्ज सुरेश श्रेष्ठ सहभागितामा भएको कार्यक्रममा भ्रष्टाचार विरोधी अभियानका बारेमा पार्टीको तर्फबाट पत्रकारहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै देशमा भ्रष्टाचार, अनियमितता, वेथिति मौलाएकोले अब चुप लागेर बस्न नहुने र यसको विरोधमा खरो उत्रिनु पर्ने बताएका छन ।

पार्टीद्वारा जारी विज्ञप्तीमा व्यवस्थाले सिर्जना गरेको विकृतिको रुपमा भ्रष्टाचार, मानव तस्करीदेखि विभिन्न ठूला-टूला काण्डहरु घटेको उल्लेख छ । यो व्यवस्थाको दोस भएकाले यही व्यवस्था रहेसम्म पात्रहरु नयाँ आए पनि कुनै परिवर्तन हुन नसक्ने र जनताले अब व्यवस्था परिवर्तनको लागि संघर्ष गर्नु पर्ने कुरामा जोड दिनुपर्ने बिज्ञप्तीमा भनिएको छ, त्यसका लागि क्रन्तिकारी कम्युनिष्ट पार्टी नेपालले अविचलित रुपमा संघर्ष गरेको उल्लेख गर्दै पार्टी सानो ठूलो हुनु ठूलो कुरा नभएको र मुख्य कुरा जनताको पक्षमा, देश, राष्ट्रियता, जनजीविका र जनतन्त्रको पक्षमा निरन्तर लागिपरेको कुरा उल्लेख गरिएको छ । यिनै विषयलाई जनताको बीचमा लैजान र आफूहरुको अभियानको पक्षमा जनतालाई सु-सुचित गरिदिन कार्यक्रममा पत्रकारहरलाई पार्टीको तर्फबाट अनुरोध गरिएको थियो । १० नं व्यूरोले अभियानका लागि जनताको सहयोगको समेत अपेक्षा गरेको छ ।