पाँचखाल नगरले संघ र प्रदेश सरकारलाई अनुदान दिन्छ- मेयर खरेल

+
-

असार ३ मंगलबार ,२०८२
काभ्रेपलान्चोक । पाँचखाल नगरपालिकाका मेयर तथा नेपाली काङ्ग्रेसका युवा नेता महेश खरेलले पाँचखाल नगरमा उत्पादीत तरकारी खान याेग्य भएको बताउनु भएको छ। कालिमाटीमा परिक्षण भएको विषादी चेक जाँचमा काभ्रेको तरकारीमा विषादी नदेखिएको प्रमाणित भएको खरेलकाे भनाइ छ।

आज जिल्ला समन्वय समिति काभ्रेको जिल्ला सभामा बाेल्दै मेयर खरेलले पाँचखाल नगरपालिकाले एआई र कृषिलाई जाेडेर वि एसी एग्रिकल्चर पढाइ सुरु गरेकोले आफ्ना पालिकाबाट विद्यार्थी पढन पठाउन अनुराेध गर्नु भयो । कृषि हबकाे रुपमा विकास हुँदै गएकाे पालिकामा काठमाडौ विश्वविद्यालयकाे सहकार्यमा पढाइ संचालन गरिएकाे हो । उहाँले १३ वटा पालिकाले २/२ जना विद्यार्थीलाई छात्रवृत्तिमा दिएमा पढाइ पश्चात् प्राविधिक खाेज्न अन्त जानू नपर्ने र राेजगारीकाे अबसर पनि रहेको बताउनु भयो ।

खरेलका अनुसार,`पाँचखालले हरित महिला ग्राम संचालन गरि राम्रो आम्दानी गर्न सक्ने छ। वनमा फलफूल र जडिबुटीकाे व्यापारबाट १ अरब कमाई गरि संघ र प्रदेशलाई अनुदान दिने महत्त्वकाँक्षि याेजान सुरु गरेको थियो । परम्परागत मल बनाउने अभियानमा नगर सफल भएको बताउनु भयो ।

काठमाडौ विश्वविद्यालयका उपकुलपति डाक्टर अच्युत वाग्लेले वि एसि एग्रिकल्चर पढन पठाउने पालिकाका विद्यार्थीलाई विश्वविद्यालयले ५० प्रतिशत छात्रवृत्ति दिने घाेपणा गर्नु भयो। डाक्टर वाग्लेले विपद व्यवस्थापन तालिम केन्द्र पनि केयुले स्थापना गर्न लागेको याेजना पनि सुनाउनु भयो । यसमा जिल्लाका १२ वटै स्थानीय तहकाे सहयोगकाे अपेक्षा गर्नु भयो ।