असार २ साेमबार ,२०८२
काभ्रे । बनेपा नगरपालिकाकाे पुण्यमाता करिडाेरमा सडक निर्माण राेकिने भएको छ। जग्गा धनीलाई मुआब्जा दिनु भनी सर्बोच्च अदालतकाे फैसला आए पछि करिडाेरमा सडक नबन्ने भएको छ।
आज आर्थिक २०८२/०८३काे वडा स्तरीय याेजना तथा सुझाब संकलन कार्यक्रममा बाेल्दै वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरले सरकारले नागरीकको कुरा नसुनेर जबरजस्ती गर्दा करिडाेर नबनेकाे जिकिर गर्नु भयो । उहाँले भन्नू भयो , ` जनप्रतिनिधि हुनु अधि करिडाेरमा मुआब्जाकाे माग गर्ने म पनि थिएँ । तर विकास विराेधी भने होइन । अहिले सर्बोच्च अदालतले नागरीकको पक्षमा फैसला गरिसकेको छ। किनकि नगरपालिकाले जग्गाको मुआब्जा सुनिश्चित गर्नु पर्याे?नत्र करिडाेरकाे नाममा आएको बजेट फिर्ता जान्छ। ´
अरनिको राजमार्ग विस्तारकाे कार्य पूल बजारमा नागरीकले अबरोध गरेकाे कारण राेकिएकाे उहाँकाे भनाइ थियो । चुनावी नारा खानेपानी भए पनि जल, जमिन,जंगल बनेपाबासीकाे साझा मुद्दा हो । तर वडा नम्बर ८ काे पुण्यमति खाेलामा अन्य वडाकाे ढल र पानीको निकास आएको कारण वडा नम्वर आठले मार खेप्नु परेको स्विकार गर्नु भयो
एकीकृत खानेपानी याेजनाकाे पानी खुवाउन पहल गरिएको तर विपदकाे कारण राेकिएकाे र संरचना ध्वस्त भएकोले काम गर्न अफ्याराे भएको भन्दै धुलिखेलमा एकीकृत याेजना भन्दा अगाडि नै पानी ल्याइएको र बनेपाले हिले जलजलेकाे पनि ल्याउन पहल गरिरहेकाे अध्यक्ष मानन्धरले बताउनु भयो ।
आठ नम्बर वडामा दिनकाे २ जनालाई क्यान्सर राेग लागेकाे तथ्यांकले देखाएकोमा आफूलाई सार्है पीडा महसुस हुने गरेको उहाँको अनुभव रहेको छ। फाेहाेरलाई आफै विसर्जन र व्यवस्थापनमा वडा बासिले सकारात्मक पहल गर्नु पर्छ । त्यसका लागि टाेल विकास संस्था अनिवार्य दर्ता गर्नु पर्ने र त्यसबाट लाभ उठाउन अनुराेध गर्नु भएको छ। उहाँले लम्किस्किनकाे भ्याक्सिन नभएकाे र पशुकाे विमा वडाले नै गरिदिएको बताउनु भएको थियो ।
वडामा संचालित तामिल तथा प्रशिक्षणले महिलालाई आत्मनिर्भर बनाएका उदाहरण दिदै उहाँका अनुसार कौशी खेतिले गल्ने फाेहाेर बाहिर फाल्नु नपरेकाे र अर्गानिक तरकारी खानु पर्छ! भन्ने चेतनाकाे विकासमा सुधार भएको तथ्यांकले देखाएको छ। अहिले बजारकाे साग, खुर्सानी , धनिँया बिक्न छाेडेकाे अनुभव सुनाउनु भयो । हाट बजार संचालन सम्बन्धमा केही विराेधका स्वरहरु सुनिए पनि धेरै महिला दिदिबहिनी तथा दाजुभाइले राेजगार पाएकामा खुशी व्यक्त गर्नु भएको छ। उहाँले लायकु दरबार ऐतिहासिक र पुरातत्त्व युक्त बनाउन संघीयसरकारलाई अनुराेध गरिएको पनि स्मरण गर्नु भयो ।
साे भेलामा वडा बासि ,दलका प्रतिनिधी , विभिन्न टाेल विकास संस्था तथा टाेल सुधार समितिका प्रतिनिधीहरुकाे उपस्थिति रहेको थियो । भेलामा उपस्थितहरुले आफ्नो टाेल ,वडामा भएका समस्याको बारे जानकारी गराएका थिए।


