अ+
अ
अ-
१ असार २०८२
काभ्रेपलान्चाेक । राष्ट्रिय संगितकर्मी संघ काभ्रेको अध्यक्षमा पुजन धिताल चयन हुनु भएको छ। शनिबार काभ्रेमा भएको अधिबेशनले धिताललाई अध्यक्षमा चयन गरेको हो ।
“हाम्रो कला र संस्कृतिको गौरवपूर्ण शान, कलाकारहरूको उत्थानका लागि हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय संगीतकर्मी संघ काभ्रे शाखाको छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको थियो ।
कान्तिपुरकर्मी धिताल संगीतकर्मी संघका पुर्व सचिब हुनुहुन्थ्यो । धिताल काभ्रेको सांगीतिक, साहित्यिक तथा सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।


