जेठ २७ ,मंगलबार ,२०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य लक्ष्मण लम्सालले समाजका भ्रष्टाचारी र दुराचारीहरु ठुलाे नेताकाे रुपमा गनिन थालेकाेमा चिन्ता ब्यक्त गर्नु भएको छ।आज नेकपा एकीकृत समाजवादी नगरकमिटी मण्डनदेउपुर नगरपालिका काभ्रेले आयाेजना गरेकाे काेणसभालाई सम्बाेधन गर्दै लम्सालले यस्तो बताउनु भएको हो ।
उहाँले नेकपा एकीकृत समाजवादीले सुरु गरेको`सुशासन र राेेजगारी, समाजवादकाे तयारी´सहितकाे अभियानले भ्रष्टाचारको विराेध गरेकाे बताउनुभयो । उहाँले भन्नुभयो,`एकीकृत समाजवादी पार्टी संगठनका हिसाबले सानाे- ठुलाे हुनुले केही अर्थ राख्दैन ।अहिले सानाे होला,सानाेेमा बल हुन्छ,एकता हुन्छ। त्यस्तो कुरा अहिलेकाे बहसकाे विषय होइन । हामिले उठाउने माग र मुद्दाले नागरिकको समस्या सम्बाेधन भयाे, कि भएन ? त्यस तर्फ ध्यान दिनु जरुरी छ। ´
बागमती प्रदेशका सांसद तथा पुर्व मन्त्री समेत रहनु भएका लम्सालले पार्टीको दशौं महाधिवेशनले तय गरेकाे अभियानमा अहिले देशभरि नै गतिविधि भइरहेको स्मरण गर्नु भयो । बिचौलिया ,दलाल र माफियाकाे संरक्षण गर्ने प्रणालीले देश माथि उठन नसकेकाे उहाँकाे आक्राेश थियो । खेतीपातीकाे सिजनमा किसानले मल नपाउनुकाे कारण राज्यले दलालहरुकाे पक्षपोषण गरिरहेकाे छ। बिचौलियाले कालाेबजारी गर्न यस्ता समस्या सिर्जना गर्ने गरेका छन् । अब अभियान मार्फत एकीकृत समाजवादीले यसकाे विराेध गर्ने उहाँको भनाइ थियो ।


