जेठ,२४ शनिबार ,२०८२
काभ्रेपलान्चोक ।राष्ट्रिय लाेक भजन चुड्का (संस्कृति) संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति,काभ्रेकाे प्रथम जिल्ला अधिवेशन तथा `खैजडी भजन महाेत्सव २०८२´सम्पन्न भएकाे छ।
राष्ट्रिय लाेक भजन चुड्का(संस्कृति)संरक्षण प्रतिष्ठान नेपाल काभ्रेको`खैजडी भजन महाेत्सव २०८२´मा ५ वटा समुहहरु सहभागी भएका थिए। भजन-खैजेडी समूहले गाेला प्रथाद्वारा छानिएर पहिलो ,दाेस्राे,तेस्राे गर्दै पाँचौ प्रस्तुति देखाएका थिए। एक नम्बरमा सेतिदेवी खैजेडी भजन समूह धुलिखेल,यस्तै दाेस्राे प्रस्तुति पार्वतेश्वर भजन समुह बेथानचाेक, तेस्राे प्रस्तुति चामुण्डा धार्मिक तथा साँस्कृतिक संगठन,चौथो देउति बज्यै खैजेडी भजन समुह र पाँचौमा कालिका बालुन तथा खैजडी समुहले बालुन र खैजडी भजन प्रस्तुत गरेका थिए।
राष्ट्रिय लाेक भजन चुड्का संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायण खनाल लेकाली प्रमुख अतिथि रहेको कार्यक्रममा उक्त प्रतिष्ठानका जिल्ला अध्यक्ष कृष्ण प्रसाद तिमल्सिनाले सभाकाे अध्यक्षता गर्नु भएको थियो ।
अध्यक्ष लेकालीले लाेक भजन संरक्षण प्रतिष्ठानकाे उदेश्य र महत्त्वकाे बारे बाेल्नु भएको थियो । उहाँले आधुनिकताको नाममा लाेक संस्कृति र परम्परा हराउने सक्ने चिन्ता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो , हामिले हाम्रो टिपिकल संस्कृति जगेर्ना गर्ने तर्फ ध्यान नदिँदा पछिल्लो पुस्ताले यसकाे अनुशरण गर्दैनन् । दाेस्राे पुस्तालाई सिकाउन नसकेका कुरा हराउँदै जाने सक्ने भएकोले अहिले नै सचेत वर्गले यसकाे पहलकदमी लिनु उहाँको भनाइ थियो ।
पाेखराबाट २०६७ सालमा स्थापना भएकाे प्रतिष्ठानकाे ६५ वटा जिल्ला कार्य समिति बनिसकेका छन् । याे संस्था कास्की जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भई आफ्ना गतिविधि गरिरहेकाे छ।
प्रतिष्ठानका बागमती प्रदेश इन्चार्ज नवीन पौडेलले बागमतीका १२ जिल्लामा संगठन बनिसकेकाे र त्यसका निम्ति आफ्नाे ठुलो याेगदान रहेको बताउनु भयो । संगठन विस्तार गर्ने सहयोगी भूमिका निर्वाह गर्नु हुने सबै प्रति धन्यवाद दिदै उहाँले ,भृकुटीमण्डपमा बागमती प्रदेशका प्रमुख र मुख्यमन्त्रीकाे आथिथ्यतामा`भजन ,खैजेडी´ महाेत्सवले यसकाे विकासमा थप मद्दत पुगेकाे समरण गर्नु भयो ।
जिल्लाका १३ वटै स्थानीय सरकारलाई आमन्त्रण गरिएको कार्यक्रममा प्रतिष्ठानकी काभ्रे जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य लक्ष्मी अधिकारी खनालले हामीले हाम्रो कला संस्कृतिकाे महत्त्वलाई बुझेर संरक्षणका निम्ति भूमिका खेल्नु पर्ने बताउनु भयो । ६५ जिल्लामा आफ्नो संगठन बनाइसकेकाे संस्थाले कला र गलाकाे जगेर्ना गर्ने उहाँको विश्वास रहेको छ। साथै उहाँले साेहि कार्यक्रममा मिठाे चुड्का प्रस्तुत गर्नु भएको थियो ।
उपाध्यक्ष हरिराम प्याकुरेलले शुभकामना मन्तव्य दिदै कलाकारहरु सामाजिक अभियान्ता भएको भन्दै धागाेबाट माला छुटे जस्तै संस्कृति टुक्रियाे भने राष्ट्र विखण्डन हुने सत्यलाई स्विकार गर्दै यसकाे जगेर्ना गर्ने अनुराेध गर्नु भयो । कार्यक्रम जिल्ला प्रतिष्ठानका सचिव उद्दव प्रसाद हुमागाँइले गर्नु भएको थियो ।


