संगितकार संघकाे अध्यक्षमा काभ्रेका अष्ट लामा

+
-

जेठ १८ आइतबार ,२०८२
काठमाडौं । संगीतकार संघको अध्यक्षमा अष्ट लामा चुनिनु भएको छ। लामाकाे अध्यक्ष्ातामा नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन भएको हो । शनिबार काठमाडौमा भएको १३ अौ साधरण सभाले लामालाई अध्यक्ष बनाएको थियो ।

वरिष्ठ उपाध्यक्षमा राजेश थापा, प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिवमा दीपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय चुनिएका छन् ।सदस्यमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल छन् ।

काभ्रेको पनौतीमा जन्मिएका लामा लामो समय देखि संगितकाे क्षेत्रमा सकृय रहनु भएको थियो । उहाँले थुप्रै नेपाली आधुनिक गीतमा संगित भर्नु भएको छ। गायक तथा संगितकार लामाले सुगम संगितमा नयाँ आयाम थप्न सहयोगी भूमिका निर्वाह गर्ने आशा गरिएको छ।