नेकपा एस निकट युवासंघ काभ्रेको अध्यक्षमा मनाेज थापा

+
-

जेष्ठ ३ शनिबार ,२०८२
काभ्रेपलान्चोक । नेकपा( एकीकृत समाजवादी) निकट यूवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनाेज थापा निर्वाचित हुनु भएको छ। आज शनिबार काभ्रेको बनेपामा भएको अधिवेशनले थापाकाे अध्यक्ष्ातामा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो ।

उपाध्यक्षमा सुरेन्द्र शाह, पदमनारायण तामाङ , सचिव श्याम नेपाल सहसचिव मनिष दुलाल र अम्बिका कार्की , काेषाध्यक्ष सजल हुमागाँई निर्वाचित हुनु भएको छ।

यस्तै सदस्यहरु क्रमश:- लालबहादुर लामा, आशिष् बख्रेल , प्रल्हाद न्यौपाने,विजय लामा,मनकुमार गाेले,राेशन दनुवार,राजन के शि ,सानू मगर , मानबहादुर लामा , दिनेश सुनुवार , सन्ताेप के शि,आदित्य गौतम ,वियाेग तामाङ, विदुर घाेरासैनी राजन गुरुङ,
सन्ताेष गुरुङ, सुरेन्द्र गुरुङ, जयन्द्र प्रजापति , रमन कार्की, विशाल के शि विवेक थापा, पवन चौलागाईं सर्वसहमत निर्वाचित हुनु भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिमा नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव सावित्रा भूषाल, पाेलिटब्युराे सदस्य टाेक बहादुर वाइवा, लक्ष्मण लम्साल, केन्द्रीय सदस्य यसु लामा र पासाङ डाेल्माे तामाङ, काभ्रे पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाँई ,जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम, जिल्ला सहसचिव तथा युवासंघ नेपालका सचिव भेषराज शाहले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।