शनिबारीय विशेष :- दिल पौडेलका पाँच हाइकु

+
-

—दिल पौडेल, सिन्धुली
(१) जंगली फूल
घामपानी ईन्द्रेणी
धुमिल नभ ।

(२) निमको पात
करेलाको अचार
तीतो आसक्ति ।

(३)दुधिलो रस
जंगली वनप्याज
सेताम्य रूख ।

(४) टुप्पोमा फूल
जमिनमुनी गानो
लहरा झ्याम्म ।

(५) सखुवा झाडी
चितवन निकुन्ज
रोनाल्डो हात्ती ।