बैशाख२८ आइतबार ,२०८२
काभ्रेपलान्चोक । प्रेस सेन्टर नेपाल, जिल्ला शाखा काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई समसामयिक बिषयहरुमा ज्ञापनपत्र बुझाएको छ । वर्तमान अबस्थामा संचारकर्मि तथा संचारमाध्यमहरु असुरक्षित हुदै जानू परेकाे भन्दै १३ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको हो ।
प्रेस सेन्टर नेपाल काभ्रे शाखाका अध्यक्ष राम प्रसाद ढकालकाे हस्ताक्षर भएको पत्रमा भनिएकाे छ,` `इतिहासकाे विभिन्न कालखण्डमा परिवर्तनको लागि याेगदान गरेका पत्रकारहरुकाे हत्या गर्ने ,बेपत्ता पार्ने कार्य राज्य पक्षबाट भएको छ। राज्यद्वारा मारिएका कृष्ण सेन इच्छुककाे हत्यारा र बेपत्ता पारिएका दिपेन्द्र शर्मा ,मिलन नेपाली ,राजेन्द्र ढकाल ,चित्रनारायण श्रेष्ठ आदिलाई सार्सार्वजनिक गर्न माग गरिएको छ। ´
राजावादी आन्दोलनको नाममा मारिएका पत्रकार सुरेश रजककाे हत्यारा पत्ता लगाउन र क्षति पुगेका संचारगृह, संचारकर्मि माथि हुने धम्की र भौतिक आक्रमणलाई सरकारले सुरक्षा प्रदान गर्न पनि सुझाव दिइएको छ।
यस्तै,` सरकारले बनाउन लागेको संचार नीति संविधान विपरीत हुन गएको प्रेस सेन्टर नेपालकाे ठम्याइ रहेको उल्लेख छ। प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता ,विश्व प्रेस स्वतन्त्रताकाे मूल्य- मान्यता नियन्त्रण भन्दा नियमन उन्मुख कानुन निर्माण गर्न सरकारकाे ध्यानाकर्षण गराउँदछौ´ ,जारी ज्ञापनपत्रमा भनिएको छ।


