सेवामा मौलाएको अधिकारी दम्पतिकाे मन:- असाहय बालबालिकासँग रमाउदै

+
-

बैशाख२२ साेमबार,२०८१
काठमाडौं। समाजमा सबै मान्छे खराब छन् । सबै भ्रष्टाचारी ,दलाल, कमिसन खाेर र गलत मानिकताका मानिस मात्रै छन् भन्ने धारणा विकसित हुँदै गएकाे । तर असत्यसँगै सत्य , नराम्रो पछि राम्रो,गलतकाे ठाँउमा सही र महान मानवहरु अझै पनि समाजमा छन् । नेपालीले एक अर्कालाई दु:ख पर्दा सहयोग गर्ने संस्कार र संस्कृतिकाे परम्पार हराएको छैन, बिर्षिएका छैनन् ।

आजकाे आधुनिक समयमा समाज सेवाका नाममा फाइदा लिनेहरुकाे लर्काे बढदाे छ,तर विना स्वार्थ सेवामा तल्लिन एक उदाहरणीय व्यक्ति हुनुहुन्छ चिरञ्जीवी अधिकारी । नुवाकोट जिल्लाकाे तारकेश्वर गाँउपालिकामा २०३५ सालमा जन्मनु भएका उहाँले बि. बि.एस सम्मकाे उच्च शिक्षा हाँसिल गर्नु भएको छ।

बुबा माेदनाथ अधिकारी र आमा चन्द्रावती अधिकारीका सुपुत्र उहाँले लामाे समय शैक्षिक क्षेत्रमा याेगदान गर्नु भएको थियो । उहाँले एक्टिभ एकेडेमि कलेजमा ६ वर्ष परीक्षा ब्यबस्थापक,१२ वर्ष अनुपम विद्या सदन र ७ वर्ष क्रियटिभ एकेडेमीमा रहेर सेवा गरिसक्नु भएको छ।

अधिकारी`मानवताका लागि सेवा नेपाल´ नामकाे संस्थाका संस्थापक हुनुहुन्छ । असाहय,गरिब ,पिछडिएका तथा उत्पिडनमा परेकाहरुलाई मानवियताकाे हिसाबले उक्त संस्थाले काम गर्दै आएको छ। उहाँका अनुसार साे संस्था मार्फत विभिन्न विद्यालयहरुमा शैक्षिक सामाग्री वितरण गरिएको छ। संस्थाकाे सकृयतामा स्वास्थ शिविर, रक्तदान लगायतका कार्य भइरहेका छन् ।

चिरञ्जीवी अधिकारी जस्ता मनकारी सामाजिक अभियान्ताले सरस्वती आधारभूत विद्यालय, झाेर माध्यमिक विद्यालयहरुमा गरिब तथा जेहेन्दार ,सिमान्तकृत विद्यार्थीलाई लुगा,कापि,कलम आदि शैक्षिक सामाग्री वितरण गर्नु भएको स्थानीयहरुले बताएका छन् । संस्थाले खेलमा रुचि राख्ने उत्कृष्ट खेलाडीलाई खेलकुद सामाग्री , बृद्ध- बृद्धालाई भाेजन, उपचार नपाएकालाई निशुल्क उपचारका निम्ति पहल लिने गरेको छ।

साथै सामुदायिक र गैरसरकारी संस्था मार्फत समाजमा सेवा गर्ने धेरै भेटिन्छन् तर अधिकारी आफैले विभिन्न अबसरमा प्रेरणा तथा सेवा मुलक कार्यमा सहभागीता जनाउनु भएको छ। हालै मात्रै उहाँले आफ्नो बैबाहिक जिवनकाे २२ अौ वर्ष गाँठकाे अबसर पारेर बुढानिलकण्ठ स्थित बाल आश्रममा बालबालिकालाई खाना खुवाउनु भएको थियो ।

आज भाेलि विभिन्न अकेजनमा घरमा,हाेटेलमा, जमघटमा रमाइलो गर्ने र पैसा खर्च गरि मनाउने चलन छ। तर त्यस्ता फजुल खर्च मात्रै हुन्। अधिकारी दम्पतीले पनि आफ्नो बैबाहीक बर्ष गाँठमा अनावश्यक खर्च गरि रमाइलो गर्न सक्नु हुने थियो । मनकारी र दयाका खानीहरुले आफू भुईमा बसि दु: ख पाएकालाई खाटमा राख्छन् भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ। एक सन्तानका बुबा- आमा अधिकारी दम्पतीले बाल आश्रमका बालबालिका पनि आफ्नो सन्तान सरह देख्नु भयो र सेवा भावले पुलकित हुनु भयो ।

अधिकारी दम्पती सबैका निम्तो प्रेरणाकाे स्रोत बन्न सफल हुनु भएको छ। उहाँहरुले गर्नु भएको कामकाे समाजका अन्य व्यक्तिले पनि अनुशरण गर्ने छन् र समाज सुधारमा टेवा पुग्ने छ। उहाँको याे अभियानमा श्रीमती शान्ति अधिकारी र छाेरा पुरूषाेत्तम अधिकारीले साथ दिइरहनु भएको छ।

आजकाे समाजमा अधिकारी जस्ता महान मनका धनिकाे खाँचाे परेको देख्न सकिन्छ ।हरेक नेपालीकाे मनमा सेवा र समर्पणकाे परम्परा प्राप्त हुन सके नेपालले कहिले पनि विश्व सामु झुक्नु पर्ने छैन ।