शिक्षक आन्दोलनमा काभ्रे तेमालका शिक्षक भानुभक्त मैनाली घाइते

+
-

बैशाख,१४ आइतबार ,२०८१
काठमाडौ । राजधानीमा भइरहेको शिक्षकहरुकाे आन्दोलनमा काभ्रे तेमाल जनज्योति माध्यमिक विद्यालयका प्रधानअध्यापक भानुभक्त मैनाली घाइते हुनु भएको छ। आज २३ अौ दिनकाे आन्दोलनमा सरकारले हस्तक्षप गरेको छ। बानेश्वरमा शिक्षक आन्दोलन उग्र हुँदै जाँदा प्रहरीले पानीका फाहाेरा हान्नुका साथै लाठी प्रहार गरेको हो ।

निषेधित क्षेत्र ताेडने क्रममा आन्दोलनकारीहरुले प्रहरीको बेरियर माथि चढेका थिए। प्रहरीले लाठि प्रहार गर्दा स्वयंसेवक भूमिकामा रहनु भएका मैनाली घाइते हुनु भएको नेपाल शिक्षक महासंघ तेमालका अध्यक्ष कुवाङ्चु दाेङ लामाले जानकारी दिनु भयो ।

प्रहरीको लाठीचार्जले घाइते उहाँकाे टाउकाे ,आँखाकाे भाग, हात र घुँडामा चाेट लागेकाे छ। मैनाली सिभिल अस्पतालमा उपचार भइरहेको छ।

सरकार र शिक्षक महासंघका प्रतिनिधी बीच भएको विभिन्न चरणकाे बार्ताले मुर्तरुप नपाँउदा शिक्षक आन्दोलन झन चर्कदै गइरहेको छ। आन्दोलनकारीहरुले निषेधित क्षेत्र ताेडने प्रयास गरेपछि बल प्रयाेग गर्नु परेको प्रहरी स्रोतले जनाएको छ।