बैशाख१० बुधबार,२०८१
काठमाडौ । नेकपा एमालेका नेता तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई जुल्फि हल्लाउँदै अरुलाई गाली गरेर पार्टी नबन्ने भन्दै ब्यङ्ग गर्नु भएको छ।मंगलबार काठमाडौकाे एक कार्यक्रममा महासचिव भूसालले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष के.पि.शर्मा ओलीलाई अझै पनि `आई लभ यु बा´भन्ने जमातकाे खाेजिमा छन् भनी कुण्ठा पाेखेका थिए।
भूसालकाे अभिव्यक्ति प्रती ब्यङ्ग गर्दै नेता रिजालले सामाजिक संजालमा लेख्नु भएको छ,` आफू महासचिव हो भने आफ्नो पार्टी बनाउन लाग्नु हाेस । जुल्फि हल्लाउँदै अरुलाई गाली गर्ने र धारे हात लगाएर पार्टी बन्दै । अब के के ल्याङ,ल्याङ ?´
रिमाल लेख्नु हुन्छ,` तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि हौ ! चल्तिका एक युवा गायकले के सन्देश दिन यो गीत बनाए, त्यो त उनैलाई थाहा होला ।तर मलाईचाहिँ आजभोलि चम्कीचम्की, जुल्फी हल्लाई हल्लाई एमाले सहितका प्रमुख दलका नेताहरुप्रति टिप्पणी गर्ने ‘एस’ भनिने ‘त्यस’ पार्टीका महासचिवको ‘फुरफुरी’ले गीत याद आयो ।´
उहाँले भूसाललाई सम्मान पुर्वक सम्बाेधन गर्दै प्रश्न गर्नु भएको छ, महोदय,साँच्चिकै महासचिव भएको हो नि? हो भने-आफ्नै पार्टीलाई चाहेजस्तै– खोजेजस्तै–सोचेजस्तै खत्रा पार्टी बनाएर देखादिए हुन्न? अब के को लागि यो ल्याङ, ल्याङ?
रिमाले सन्देश दिदै,दोष लगाउन, मुख छोड्न, र, अर्ति उपदेश दिन सजिलो हुन्छ, गर्न गारो हुन्छ । आफूू चाहिँ खेती नगर्ने तर सँधियारको बाली हलक्क बढेको देख्दा छटपटी भई राती गोरु फुकाएर लगाइदिनेलाई तपाई सामन्ती प्रबृत्ति भन्नुहुन्छ हैन? भनी साेध्नु भए छ।


